५९ औं राष्ट्रिय सहकारी दिवस सफल पार्न योगदना गर्ने सबै प्रति आभार प्रकट गर्दछौं ।

 

“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुख्य ध्येयका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ साल चैत्र २० गते राष्ट्रव्यापि रुपमा भष्यताका साथ सम्पन्न भयो । देशका सात वटै प्रदेशका प्राय सबै जिल्लामा कार्यक्रम भएको छ । झपादेखि कञ्चनपुरसम्म र पशुपति नगरदेखि झूलाघाट सम्मका प्राय सबै जिल्लाले राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाए । अधिकांस स्थानमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र डिभिजन सहकारी कार्यालयसँग मिलेर संयुक्त रुपमा मनाए । यो वर्षको मूल थिम (ध्येय)का आधारमा, विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको खबर प्राप्त भएको छ । जस्तै:  निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, रक्तदान कार्यक्रम, सभा गोष्ठी, वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण, विभिन्न विषयका उत्कृष्ट व्यक्तिहरुमा पुरस्कार, सम्मान र कदर–पत्र वितरण गरेर प्रोत्साहन गर्नुभयो । २० चैत्रमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारका पोशाक, झाकि, बाजागाजाका साथ र्याली र सभाहरु आयोगना भए । मोरङ, झापा, कास्की, काठमाडौं, ललितपुर,  नेपालगंज,  हेटौंडा लगायत देशका प्राय सबै जिल्लामा हजारौं हजारको र्याली सहित कार्यक्रम भए । इलाम, पाँचथर, दोलखादेखि मुगु सम्मका जिल्लामा भएको उत्साहवर्धक कार्यक्रममा लाखौं सहकारीकर्मी आ–आफ्नो व्यानरका साथ सडकमा उत्रिए । रक्तदानमा नेपालगंजले ३३४ पिन्ट रक्तदान गरेर देशै भरिको रक्तदानलाई उछिनेको छ । यो कार्यक्रममा अगुवाई गर्ने, साथ सहयोग दिने, सहभागि हुने,  रक्तदान लगायतका कार्यक्रममा योगदान गर्ने सहकारीका अगुवा र सहभागि,  सरकारका उपप्रधानमन्त्री देखी लिएर सबै तहका जिम्मेवार व्यक्ति, संघसंस्था र सहभागि सबैमा हार्दिक सम्मान जाहेर गर्न चाहन्छौं र धन्यवाद दिन चाहन्छौं ।

Keshab Prashad Badal

केशवप्रसाद बडाल
व्यवस्थापिका संसद सदस्य,
अध्यक्ष, राष्ट्रिय सहकारी संघ,
अध्यक्ष, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद

 

अर्थ समितिको बैठक

२०७२ असार २० गते आज बसेको अर्थ समितिको बैठकमा सुर्खेत, बाके, पाल्पा, भैरहवा, मकवानपुर, पर्सा जिल्लामा भएको पूर्व बजेट छलफलमा त्यस भेगका सहकारी अगुवाहरूले राख्नु भएको सुझावलाई कार्यान्वयन गर्न,  सहकारी ऐन परिमार्जन गर्न, नयाँ बनेका सबै नगरपालीका र पुराना ५८ नगरपालीका मध्य  ३० वटा नगरपालीकामा करमुक्त गर्न, महानगरपालिकामा बढीमा  १०%, उपमहानगरपालिकामा बढीमा ७% र विकास भएका अरू २० वटा नगरपालीकामा बढीमा ५% कर लगाउन आगामी बजेटमा यो व्यवस्था रहोस भनेर माननीय केशव बडालले राख्नुभयो ।


यसैगरी ७५ वटै जिल्लामा सहकारी कार्यालय खोल्न हरेक जिल्लामा एउटा कोल्डस्टोर स्थापना गर्न, सबै उत्पादनशिल क्षेत्रका सहकारीलार्इ मध्यम तहको प्रविधी, औजार, उपकरण र मेसिनरी सुविधा दिन र भूकम्पबाट क्षति भएका सहकारी संस्था र संघलाई साधन सम्पन्न बनाउन, भुकम्प पिडित क्षेत्रमा सहुलियत व्याजदरमा ऋण दिने भनिएको छ त्यो राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण सहकारी, केन्द्रीय कृषि सहकारी, केन्द्रीय संघ समेत मार्फत दिने व्यवस्था हुनुपर्छ ।


काठमाडौं निजगढ फास्टट्रयाक र निजगढको अन्तरास्ट्रिय विमानस्थल निर्माण नेपाल आफैले आफ्नै तर्फबाट ५ वर्षमा सम्पन्न गर्ने गरि युध्दस्तरमा यसै वर्षबाट ५ वर्षमा सम्पन्न गर्नेगरि सुरू गरियोस भन्नेभयो र अर्थमन्त्री तथा अर्थ समितिले यसलाई अघि बढाउन अनुरोध गर्नुभयो ।

Recent News

प्रकाशनहरु