५९ औं राष्ट्रिय सहकारी दिवस सफल पार्न योगदना गर्ने सबै प्रति आभार प्रकट गर्दछौं ।

 

“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुख्य ध्येयका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ साल चैत्र २० गते राष्ट्रव्यापि रुपमा भष्यताका साथ सम्पन्न भयो । देशका सात वटै प्रदेशका प्राय सबै जिल्लामा कार्यक्रम भएको छ । झपादेखि कञ्चनपुरसम्म र पशुपति नगरदेखि झूलाघाट सम्मका प्राय सबै जिल्लाले राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाए । अधिकांस स्थानमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र डिभिजन सहकारी कार्यालयसँग मिलेर संयुक्त रुपमा मनाए । यो वर्षको मूल थिम (ध्येय)का आधारमा, विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको खबर प्राप्त भएको छ । जस्तै:  निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, रक्तदान कार्यक्रम, सभा गोष्ठी, वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण, विभिन्न विषयका उत्कृष्ट व्यक्तिहरुमा पुरस्कार, सम्मान र कदर–पत्र वितरण गरेर प्रोत्साहन गर्नुभयो । २० चैत्रमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारका पोशाक, झाकि, बाजागाजाका साथ र्याली र सभाहरु आयोगना भए । मोरङ, झापा, कास्की, काठमाडौं, ललितपुर,  नेपालगंज,  हेटौंडा लगायत देशका प्राय सबै जिल्लामा हजारौं हजारको र्याली सहित कार्यक्रम भए । इलाम, पाँचथर, दोलखादेखि मुगु सम्मका जिल्लामा भएको उत्साहवर्धक कार्यक्रममा लाखौं सहकारीकर्मी आ–आफ्नो व्यानरका साथ सडकमा उत्रिए । रक्तदानमा नेपालगंजले ३३४ पिन्ट रक्तदान गरेर देशै भरिको रक्तदानलाई उछिनेको छ । यो कार्यक्रममा अगुवाई गर्ने, साथ सहयोग दिने, सहभागि हुने,  रक्तदान लगायतका कार्यक्रममा योगदान गर्ने सहकारीका अगुवा र सहभागि,  सरकारका उपप्रधानमन्त्री देखी लिएर सबै तहका जिम्मेवार व्यक्ति, संघसंस्था र सहभागि सबैमा हार्दिक सम्मान जाहेर गर्न चाहन्छौं र धन्यवाद दिन चाहन्छौं ।

Keshab Prashad Badal

केशवप्रसाद बडाल
व्यवस्थापिका संसद सदस्य,
अध्यक्ष, राष्ट्रिय सहकारी संघ,
अध्यक्ष, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद

 

२०७२ भाद्र ११ गते संविधान सभा बैठकमा संविधानको विधेयकमा प्रस्तुत विचार

संविधानसभाको आजको बैठकमा संविधानको विधेयकमा प्रस्तुत विचार :

  • प्रस्ताववित विधेयकमा सबैका कुरा छन, तर सबै क्षेत्रका सबै कुरा छैनन् । यो विधेयक विगतको कुनै पनि संविधान भन्दा जनताको अधिकार सुरक्षित गर्ने अठोट बोकेको छ ।
  • यो संविधान ३ करोड जनताको भावनाको नेतृत्व गर्ने प्रतिनिधिबाट बनेको पहिलो संविधान हो ।
  • नेपालका सबै जात, भाषा धर्म, क्षेत्रका जनताको बिचमा समानताको ग्यारेन्टी गरेको संविधान हो ।
  • आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा समानताको आधार दिने संविधान हो ।
  • समाजवादी समाजको जग बसाल्ने अठोट बोकेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने अठोट बोकेको छ ।
  • यसमा भूमिहिन, कमैया, हलिया, हरुवा, चरुवा परिवारलाई आवासको हक स्थापित गर्ने अठोट बोकेको छ ।
  • दलित भूमिहिनका लागि एकपटकका लागि जमीनको हक स्थापित गरेको छ ।
  • दलित विद्यार्थीका लागि छात्रवृत्ति सहित शिक्षाको हकको व्यवस्था छ ।
  • जेष्ठ नागरिक हकको व्यवस्था छ ।
  • खाद्य सम्प्रभूताको हकको व्यवस्था छ ।
  • राष्ट्रिय महिला आयोगको व्यवस्था गरेको छ ।
  • राष्ट्रिय दलित आयोगको व्यवस्था गरेको छ ।
  • राष्ट्रिय समावेसी आयोगको व्यवस्था गरेको छ ।
  • स्थानीय निकायको प्रत्यक्ष निर्वाचन सहित संवैधानिक हकको व्यवस्था छ ।
  • राज्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको महत्व स्थापित छ ।
  • यो संविधानलाई आवश्यक परिमार्जन सहित पारित गर्नु देश र जनताको हितमा छ ।
  • केहि माननीय सदस्यले यो संविधान सभालाई अपमान गर्दै भारदारि सभा भन्नुभयो । यो भनेको सभा ३ करोड जनताद्धारा निर्वाचित सभा हो ।
  • विशेष समिति जसमा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा (एमाले)का अध्यक्ष के.पि ओली, एमाओवादीका अध्यष पुष्पकमल दाहाल, मधेसी जनअधीकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष बिजयकुमार गच्छेदार, सम्वाद समितिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई संवैधानिक राजनीतिक सम्बवाद तथा सहमति समितिमा कमल थापाले प्रस्ताव गरेर लक्ष्मणलाल कर्णले समर्थन गरेर विशेष समति बनाएको हो । यो कुनै भारदार र भारदारि सभा होइन । यो देशभरिका सबै जात, भाषा, धर्म , क्षेत्र, लिङ्गका सार्वभौम जनताले छानेको आधिकारिक प्रतिनिधिले बनाएको समिति हो ।
  • अहिलेको मस्यौदा देशभरिका जनताबाट आएका सुझाव अनुसार प्रदेशको सिमाङ्कन पनि प्रस्तुत गरेको छ ।
  • स्थानीय निकाय प्रत्यक्ष जनताले निर्वाचन गर्ने व्यवस्था सुझाव अनुसार सच्चाएको छ ।
  • यस्तो स्थितिमा अलोकतान्त्रिक र संविधान सभा विरोधी शक्ति सँग मिलेर विरोधको झण्डा उठाउने र हिंसात्मक गतिविधि गर्ने, विखण्डनवादी र हिंसामा विश्वास गर्ने, नेपाललाई सम्बृद्ध नेपाल निर्माण गर्ने अठोटलाई ध्वस्त गर्न चाहनेहरुको पछि लाग्नु देशको र लोकतान्त्रको हितमा छैन । यसमा कुनैपनि जनता लाग्न हुँदैन ।
  • कैलालिको हत्याकाण्ड कुनैपनि तर्कले सहि सावित गर्न सक्दैन । हिंसा रोक्न, शान्ति कायम गर्न आफ्नो जीवन समर्पित गरेर अरुको जीवन रक्षा गर्न लागिपरेका एस.एस.पी लक्ष्मण न्यौपाने समेत ८ जनाको हत्या गर्ने र २ वर्षका बालक टेकप्रसाद साउदको हत्या गर्ने कार्य आतंकवादी कार्य हो । यस्तो कार्यमा कुनैपनि नेपाली नलाग्न र संविधान निर्माणमा सघाउन अनुरोध ागर्दछु ।
  • कैलालिमा जे भयो अत्यन्त दुःखद भयो । अब त्यस्तो घटना कहिँकतै हुन नुदिन आदराणीय थारु दाजुभाई, दिदीबहिनी समेत सबै नेपाली एक भएर संविधान निर्माणमा लागौं । यसमै सबैको हित छ । यो देशको हित छ ।

 

  

                                                                                                                                                केशवप्रसाद बडाल

                                                                                                                                                         संविधान सभा सदस्य

Recent News

प्रकाशनहरु