५९ औं राष्ट्रिय सहकारी दिवस सफल पार्न योगदना गर्ने सबै प्रति आभार प्रकट गर्दछौं ।

 

“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुख्य ध्येयका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ साल चैत्र २० गते राष्ट्रव्यापि रुपमा भष्यताका साथ सम्पन्न भयो । देशका सात वटै प्रदेशका प्राय सबै जिल्लामा कार्यक्रम भएको छ । झपादेखि कञ्चनपुरसम्म र पशुपति नगरदेखि झूलाघाट सम्मका प्राय सबै जिल्लाले राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाए । अधिकांस स्थानमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र डिभिजन सहकारी कार्यालयसँग मिलेर संयुक्त रुपमा मनाए । यो वर्षको मूल थिम (ध्येय)का आधारमा, विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको खबर प्राप्त भएको छ । जस्तै:  निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, रक्तदान कार्यक्रम, सभा गोष्ठी, वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण, विभिन्न विषयका उत्कृष्ट व्यक्तिहरुमा पुरस्कार, सम्मान र कदर–पत्र वितरण गरेर प्रोत्साहन गर्नुभयो । २० चैत्रमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारका पोशाक, झाकि, बाजागाजाका साथ र्याली र सभाहरु आयोगना भए । मोरङ, झापा, कास्की, काठमाडौं, ललितपुर,  नेपालगंज,  हेटौंडा लगायत देशका प्राय सबै जिल्लामा हजारौं हजारको र्याली सहित कार्यक्रम भए । इलाम, पाँचथर, दोलखादेखि मुगु सम्मका जिल्लामा भएको उत्साहवर्धक कार्यक्रममा लाखौं सहकारीकर्मी आ–आफ्नो व्यानरका साथ सडकमा उत्रिए । रक्तदानमा नेपालगंजले ३३४ पिन्ट रक्तदान गरेर देशै भरिको रक्तदानलाई उछिनेको छ । यो कार्यक्रममा अगुवाई गर्ने, साथ सहयोग दिने, सहभागि हुने,  रक्तदान लगायतका कार्यक्रममा योगदान गर्ने सहकारीका अगुवा र सहभागि,  सरकारका उपप्रधानमन्त्री देखी लिएर सबै तहका जिम्मेवार व्यक्ति, संघसंस्था र सहभागि सबैमा हार्दिक सम्मान जाहेर गर्न चाहन्छौं र धन्यवाद दिन चाहन्छौं ।

Keshab Prashad Badal

केशवप्रसाद बडाल
व्यवस्थापिका संसद सदस्य,
अध्यक्ष, राष्ट्रिय सहकारी संघ,
अध्यक्ष, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद

 

२०७२ भादै ९ गते दुग्ध सहकारी केन्द्रीय संघको २२ औं साधारणसभामा प्रस्तुत बिचार

  • सहकारी सामाजिक व्यवसाय हो, यसले सामाजिक न्याय र उत्पादन बृद्धि सँगैसँगै गर्छ ।
  • नेपालको प्रमुख उत्पादक शक्ति किसान, प्रमुख उत्पादनको साधन भूमि हो ।
  • कृषि क्षेत्र भित्र पशुपालन क्षेत्र र दुग्ध उत्पादन क्षेत्रको ठूलो महत्व छ ।
  • दुग्ध उत्पादन क्षेत्रको बिकासले व्यापक रोजगारि श्रृजना गर्छ ।
  • देशभरि रहेका करिब १८ हजार सामुदायीक बनमा पशुपालनमैत्री फोडर ग्रासको उत्पादनमा जोडदिनु पर्छ ।
  • विदेशबाट मगाएको भटमासको पिना, चोकर, पराल प्रयोग गरेर अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिदैन ।
  • यसका लागि कृषि मन्त्रालयले व्यापक लगानि गर्नुपर्छ मध्यम तहको प्रविधि प्रयोगका आधार निर्माण गनुपर्छ ।
  • उत्पादक शक्तिलाई खासगरि दुग्ध उत्पादक सहकारी मार्फत प्रोत्साहन लगानी गर्नै पर्छ ।
  • कृषि क्षेत्रमा गरिने लगानीले राष्ट्रिय अर्थतन्त्रका आधार बलियो बनाउँछु ।
  • अहिले हाम्रो देशको दुध उत्पादन भारतको भन्दा प्रति लिटर ६ रुपैया महंगो छ । मूल्य सरल बनाउने गरि उत्पादन बढाउन सके मात्रै निर्यात गर्न सकिन्छ र मिल्क होलिडे हुँदैन ।
  • यसका लागि दुध बढी उत्पादन हुने सिजनमा पाउडर दुध बनाउने र कम उत्पादन हुने सिजनमा पाउडर दुध प्रयोग गर्नुपर्छ ।
  • बाहिरबाट आयात हुने दुग्धमा यथार्थ मूल्यमा २० प्रतिशत भन्सार लगाउनु पर्छ । यसका लागि जिम्मेवार पक्ष तयार भएमात्र दुग्ध सहकारीले प्रगति गर्न सक्छ ।

 

 

Recent News

प्रकाशनहरु