जिम्मेवारी

राष्ट्रिय स्तरका संघर्ष

  • २०३५/३६ को आन्दोलन तथा जनमत संग्रहमा नारायणी, वागमति र जनकपुरमा सकृय नेत्रित्व प्रदाय गरेको
  • २०४२ सालको शिक्षक आन्दोलनमा बागमति तथा मध्य उत्तर क्षेत्रीय कमिटी मार्फत नेतृत्व प्रदान गरेको
  • २०४६ को निरंकूश पंचायति व्यवस्था विरोधी राष्ट्रिय आन्दोलनमा रामेछाप, दोलखा सहित बागमती अंचल (मध्य उत्तर क्षेत्रीय कमिटी) को इन्चार्जको हैसियतले आन्दोलनको कमाण्ड समालेर नेतृत्व प्रदान गरेको ।
  • २०४६ को आन्दोलन क्रममा ललितपुर उपमहानगरपालिका वडा नं. ९ को च्यासल र काठमाडौंको मरुहिटीमा केन्द्रीय आन्दोलन संचालन कार्यालय संचालन गरि  मध्यउत्तर क्षेत्रका नवै जिल्लाका सम्पूर्ण कार्यकर्ता शक्ति केन्द्रीत गरि आन्दोलन परिचालन गरेको ।
  • ललितपुर नगरपालिकामा सागरमान सिंह र ज्ञान बहादुरको हत्या पछि हामी बसेर ललितपुर नगरलाई मूक्त क्षेत्र घोषणा गरि बहुदलीय व्यवस्था स्थापना नभएसम्म मूक्त कायम राख्र्दै देश भरिका आन्दोलनकारि शक्तिलाई उर्जा प्रदान गरेको ।
  • २०४६ चैत्र २४ गतेको आन्दोलनलाई प्रत्यक्ष रुपमा काठमाडौं केन्द्रीत गरि परिचालन गरेको ।
  • राजाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिई जननिर्वाचीत सरकारलाई वर्खास्त गरेपछि तत्कालीन अवस्थामा अस्तित्वमा रहेका सम्भव राजनैतिक शक्तिलाई समेट्दै निरंकुसता विरोधी आन्दोलनमा अग्रस्थानमा भूमिका निर्वाह गरेको ।
  • २०६१ श्रावण २० गते देखी ३० गते सम्म भएको नेकपा (एमाले) केन्द्रय कमिटीको बैठकमा गणतन्त्र स्थापनाको न्यूनतम कार्यक्रम राखेर पार्टीको सम्पूर्ण शक्ति लाग्नुपर्ने प्रस्ताव स्थायी कमिटीको तर्फबाट केन्द्रीय कमिटीमा प्रस्ताव राखेको । त्यसमा व्यापक छलफल पछि सर्वसम्मतिले पास भएको ।
  • त्यसपछि आन्दोलनको शसक्त तयारीमा लाग्दै २०६१ मंसिर ४ गते बुटवलमा भएको एमालेको सभामा लगभग १ लाख जनताले भाग लिएको ।
  • यसै गरि एमाले एक्लैले गरेको आयोजनामा झापादेखी कंचनपुर सम्म यस्तै सभा भएको ।
  • २०६१ पौष २८ गतेको जनकपुरको सभाको तयारीका लागि पार्टीले स्थायी कमिटीबाट मलाई खटाइएको र त्यो २८ गतेको सभामा लगभग ३ लाख सहभागि भएको ।
  • यसरी २०६१/६२ को आन्दोलनको नीति नारा र कार्यक्रम तयगर्न महत्वपूर्ण भूमिका निभाएको र सफल भएको ।