जिम्मेवारी

पार्टीगत राजनीतिक जीवन

  • काभ्रे, काठमाडौं, मकवानपुर, बारा, रौतहट, सर्लाहीका युवाहरु बिच शोषण उत्पीडन, सामाजिक विभेद विरुद्ध जनताका संघर्षमा अगुवाइ गर्दै यूवाहरुलाई संगठित गर्दै आएका सूरुका दिनमा पार्टीगत संलग्नता थिएन आफ्नै तरिकाले आन्दोलीत भएका थियौं ।
  • २०३३ सालको सर्वहारावादी क्रान्तिकारि संगठन नेपालको २७ जिल्लाका प्रतिनिधिहरुको प्रथम राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्यमा निर्वाचीत गर्यो । यसपछि मेरो जिम्मेवारी २०४० सालसम्म नै वागमति, नारायणी, जनकपुर अंचल तोकेको थियो ।
  • २०३५ माघमा सर्वहारावादी क्रान्तिकारी संगठन नेपालसँगै रोहितजीले नेतृत्व गरेको संगठन, रुपलाल विस्वकर्माले नेतृत्व गरेको संगठन बीच एकिकरण गरि ‘नेपाल मजदुर किसान संगठन नेपाल’ नामबाट पार्टी पुनर गठन भयो ।
  • २०३५/२०३६ को आन्दोलनमा कसरी जाने भन्ने विषयमा, विवाद भएपछि, रोहितजी अलग हुनुभयो । हामीले, जनमत संग्रहलाई ‘जनताको जनवादी कधिकार प्राप्तीका लागि पंचायत विरुद्ध मत देऊ’ भन्ने नाराका साथ अघी बढ्यौं । जनमत संग्रहमा बहुदलमा मतदान गर्ने अभियानमा लाग्ने क्रममै निजगढको गौरिशंकर मतदान केन्द्रबाट मतदान गरियो । सक्दो प्रचार पनि गरियो ।
  • संघर्ष गर्दैजाने क्रममा कास्की जिल्लाको माछापुछ्रेको फेदीमा भएको ५ दिने राष्ट्रिय सम्मेलनले तत्कालिन नेकपा (माले) सँग एकता वार्ता गर्ने र जतिसक्दो चाँडो एकता गर्ने निर्णय गर्यो ।
  • लगातारको वार्तापछि प्रधान अन्तरविरोध, झण्डा, तिनविस्वको सिद्धान्त, आगामी कार्यनीति, परराष्ट्रनीति समेतमा सहमति भएपछि २०४० जेठ २१ गते, काठमाडौं चाबहिलका जग्दीश शर्माको घरमा कमरेड माधव नेपाल, कमरेड जीवराज आश्रीत, कमरेड डि.वि. सिंह, कमरेड केशव बडाल र के.वि. पुन बिच सम्झौता भएपछि एकिकरण भयो ।
  • त्यसपछि मध्यउत्तर क्षेत्रीय कमिटी (९ जिल्ला) मा रहेर काम गर्ने जिम्मेवारी प्राप्त भयो ।
  • नेकपा (एमाले) को चौथो, पाँचौं, छैठौं, सातौं, आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित ।
  • २०५६ देखी २०६५ फाल्गुन सम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य र मध्यमाञ्चल प्रमुखको जिम्मेवारी प्राप्त ।
  • २०७२ देखि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद को अध्यक्षको जिम्मेवारी प्राप्त ।