जिम्मेवारी

सहकारी क्षेत्रमा

  • २०३० सालतिर बारा जिल्लाको निजगढमा आर्थिक सामाजिक रुपान्तरण आन्दोलनका सहयात्री युवाहरु मिलेर कालाबजारि र नापतौलमा ठगिमा परेका आम जनतालाई राहत दिने उद्देश्यले उपभोक्त सहकारी पसल स्थापना गरियो । यसमा खरिद गर्न आउने जनताका लाइन लाग्थ्यो । यो सहकारी पसल खुलेपछि सिंगै बजार सन्तुलनमा आयो । निजगढमा मात्र होइन सबैतिर सकारात्मक प्रभाव पर्यो ।
  • सामाजिक न्याय, उत्पादकत्व बृद्धि र आमजनताबिच सहकार्यका भावना जगाउने अभियानमा निरन्तर लाग्दै आइयो, देशका अनेक भागमा, खास गरि मध्यमाञ्चलमा सामाजिक न्याय र उत्पादकत्व वृद्धिका लागि सहकारीको महत्व बोध गराउने कार्य भए ।
  • किसान संघको अध्यक्ष हुँदा पनि देशका अनेक भागमा सहकारी जागरण दिने क्रम देशभरी अघी बढाइयो ।
  • विन्दवासीनी बचत तथा ऋण सहकारी संस्था, गोरखनाथ साना किसान सामुदायीक कृषि सहकारी संस्था हुँदै २०५५ बाट २०६६ सम्म राष्ट्रिय सहकारी संघको सल्लाहकार ।
  • कृषि सहकारी केन्द्रीय संघको सल्लाहकार ।
  • राष्ट्रिय सहकारी बैंकको सल्लाहकार ।
  • विभिन्न सहकारी संस्थामा स्थापना देखी संलग्न ।
  • हाल राष्ट्रिय सहकारी संघको राष्ट्रिय अध्यक्षमा दोश्रो कार्यकाल ।
  • २०७३ कार्तिक २० गते अन्तराष्ट्रिय सहकारी एलायन्स एसिया प्रशान्त क्षेत्रको बोर्ड सदस्यमा निर्वाचित ।