व्यक्तिगत विवरण

  • बागमती अंचल, काभ्रे जिल्ला सरस्यूंखर्क गाविस, चुखागाउँमा जन्म
  • बुबा उमाकान्त बडाल र आमा हेम कुमारी बडाल
  • बेद, पुराण, ज्योत्सि सास्त्र र आयूर्वेदमा राम्रो दखल भएका बुवा र निरक्षर तर ज्ञानको भण्डार भएकी आमाको असाध्यै प्यारो छोरो केशव ।
  • आठ दाजुभाई र छ वटि दिदीबहिनी मध्ये, दशौं नम्बरमा जन्मेपनि सबैले काइलो भन्छन् ।
  • सरस्यूंखर्क, अमल्टारी, चुखागाउँ, चुखा बेसीमा जग्गाजमीन भएपनि मूलत जन्म थलो र कर्मथलो चुखागाउँ चुखा वेसि नै हो ।
  • सानैदेखि गाउँबेसी गर्ने, बाख्रा चराउने, गाइ चराउने, घाँस काट्ने, काममा अभ्यस्त हुँदै पनि शिक्षित बुबा भएकोले स्कूल नगैकन ३ वर्ष कै उमेर देखी लेखपठ गर्न थालेको, ५ वर्ष को हुँदा स्वस्थानी कथा भन्न सकने भएकाथिए ।
  • पढाई लेखाईमा अत्यन्त रुचि भएपनि कि त धुलिखेल कि त सिन्धुलि जिल्लाको दुम्जामा मात्रै मध्यामिक बिद्यालय थिए । जता गएपनि घरबाट ३० किलोमिटर भन्दा टाढा
  • पढ्नकै लागि सिता दिदी र कृष्णप्रसाद कोइराला भिनाजु कूसेस्वर गाविसको दुम्जा (सिन्धुली जिल्ला) भएकाले दिदीको घरमा बसेर पढ्ने इच्छाले ६ वर्षको उमेरमा दुम्जा गएको, त्यहाँ अर्चले भन्ने ठाउँमा कूसेस्वर माध्यामिक विद्यालय थियो, पढ्न कै लागि लगभग २ वर्ष विताएपनि स्कूल भर्ना हुने र पढ्ने मौका मिलेन, त्यसपछि आफ्नै घर चुखा आर्ई घरायसी काम जस्तै गार्इ चढाउने, बाख्रा चराउने, घाँस काट्ने लगायत खेति किसानी काम गर्दै, केही वर्ष बित्यो । तर औपचारिक शिक्षा आर्जन गर्ने उत्कट इच्छा रोकिएन गोठालो लाग्दा लाग्दै पनि रुद्री, चण्डी र बारखरि लगायत भेटिएजती पुस्तक पढ्न प्रयास जारि रहेको ।
  • धेरै छोराछोरि भएको, उपार्जन गर्ने उमेरको जनसक्ति नभएकाले भएका खेतबारि कति बाझै बस्ने, कति राम्रो खेति गर्न नसक्ने हुँदा जग्गा जमीन भएर पनि आर्थिक अवस्था टाढा लगेर पढाउने स्थिति थिएन, म सँगैका ५ जना दाजुभाई बिचको उमेर फरक ८ वर्ष मात्रै थियो । बुवा संस्कृत पढाउन रुची राख्ने र छोराछोरी आधुनिक शिक्षा तर्फ जाने इच्छा हुँदा साझा धारणा वन्नसकेको थिएन ।
  • यस्तैमा २०२१ साल पौष महिनामा जम्मा ६४ रुपैया बोकेर बुवाकै समकक्षी निलकण्ठ ढुंगानासँगै नारायण ढुंगाना, घनश्याम बडाल समेतको साथ लागेर बनारस तर्फ लागियो ।
  • बनारसमा रामकृष्ण विद्यामन्दीरमा ६ कक्षाको हाफइर्एली परिक्षा पछि जीवनमा पहिलो पटक स्कूल भर्ना भइयो ।
  • ६ कक्षा पास भए, अनौठो हिन्दी साहित्य प्रतियोगितामा पुरस्कृत पनि भएँ ।
  • सात कक्षा पनि त्यहिबाट पास भएँ ।
  • त्यहाँ पिताकै कारण राष्ट्र राष्ट्रियता र राष्ट्रिय भवना भएकाले सात कक्षा पछिको हाजीरि जवाफ प्रतियोगितामा नेपालको भावनामा चोट पुग्ने कृयाकलाप शिक्षकबाट पाएपछि, स्कूलबाट सोझै डेरा आएर सोहिदिन काठमाडौंको लागि रेल चडेर फर्किएँ ।
  • आएर पदमोदय हाइ स्कूलमा ९ कक्षामा भर्ना भएँ । लगातार एस.एल.सी मा द्धितिय श्रेणीमा पास भएँ ।
  • आई.ए प्रइभेटबाट पास र स्नातक त्रिभूवन विश्वविद्यालयको त्रिचन्द्र कलेजबाट मेजर अर्थशास्त्र लिएर स्नातक पास भएँ ।
  • नेपाल, नेपाली र नेपाली समाजको समानता सम्बृद्धि र विकासका लागि समर्पित हुँने भावना चै आमा हेमकुमारी बडालबाट प्राप्त भयो । आमा हेमकुमारी अत्यन्त धार्मिक र श्रमजीवी जनताप्रति अति नै श्रद्धा स्नेह र सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो ।
  • गाउँमा अनिकाल पर्दा, भोकमरि पर्दा गाउँका गरीब श्रमिक जनताको खान पाएको नपाएको हेरबिचार गरेर श्रमिक परिवारमा आफूसँग भएको अन्न घरका अरुले थाहा नपाउने गरि वर्कोमा पोको पारेर झ्यालबाट दिनुहुन्थ्यो । वास्तवमा म मा श्रमजीवि जनता प्रति सम्मान स्नेह र तिनका मूक्तिका लागि संघर्ष गर्ने बिचारको गुरु आमा नै हुनुहुन्थ्यो । त्यो बिचारलाई थपथाप गर्ने काम मात्र मार्कसवादी दर्शन र सिद्धान्तले अघी बढायो ।
  • सिन्धुली जिल्लाको दुम्जा जहाँ कोइराला परिवारका दुई दुईजना प्रधानमन्त्री भैसकेका थिए, त्यहाँ पानिको संकट, गरीवि, अभाव, खासगरि त्यहाँका दलित परिवारको कष्ट नजिकबाट हेर्ने भोग्ने मौकाले धेरै कुरा सिकायो ।
  • त्यसैगरि २०११ सालको बाढीपैरोले ल्याएको संकट, २०२१ सालको भयानक खडेरीले ल्याएको भोकमरिको घटनाले अभाव, गरीवि, संकटलाई नजिकबाट देखेपछि यस्तो स्थितिबारे गहन अध्ययन गर्ने रुची बढ्दै गयो । २०२१ सालमा बनारसबाट सुलोचना दिदीसँगै दाङ जिल्लाको देउखुरी क्षेत्रको परस्पुर गाउँका कमैया र कृषि श्रमीक बिचको सम्बन्ध, शोषण र भोकमरिमा परेका जनताको अवस्थाले ममा आमाबट प्राप्त श्रमजीवि जनता प्रति सम्मान गर्ने भावनामा बिद्रोही भावना थपिन गयो ।
  • यसरी काभ्रे, बनारस, दाङ जिल्लाको, देउखुरीको, परस्पुर भन्ने गाउँको अवस्था र त्यस्तो अवस्थाबाट समाज परिवर्तन गर्ने उपायको खोजीमा लगातार लागिरहने क्रम सुरु भयो ।
  • २०२३ साल तिरको डि.आई.जी नारण सिंह काण्ड विरुद्धको आन्दोलन पहिलो सरिक भएको आन्दोलन थियो । त्यसपछिका प्राय सबैजसो राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका पक्षका प्राय सबै जनपक्षीय आन्दोलनमा सरिक हुँदै अघि बढ्ने क्रम बढ्दै गयो । छुवाछुत विरुद्धको आन्दोलन, चर्को व्याज विरुद्धको आन्दोलन, ज्याला बृद्धिका लागि आन्दोलन, शिक्षक विद्यार्थी हितका लागि आन्दोलन, मोहियानी हक र भूमिहिन किसानमा जमीनको पहुँच पुर्याउनका लागि गरिएका आन्दोलन, कमैया हलियाको मूक्ति आन्दोलनमा सरिक हुँदै अघी बढिएको थियो ।
  • कमैया मुक्ति आन्दोलनमा अनेक पटक कष्टडिमा पनि परिएको थियो । २०५६ मा कमैया मूक्त हुँदा कस्टडिमै थिए । तत्कालिन प्रधानमन्त्रीले कमैया मूक्त घोषणा गरेपछि कस्टडिको ताल्चा खोल्न प्रधानमन्त्री शेरबहादुर देउवा आफै आउनुभएको थियो ।