बिचार गोष्ठी एवम् पुरस्कार घोषणा समारोह

२०७१ चैत्र १८
राष्ट्रिय सहकारी संघ नेपालले संघको ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पारेर “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” विषयक बिचार गोष्ठी एवम् पुरस्कार घोषणा समारोहको आयोजना गरेको छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष एवम माननीय सभासद केशव प्रसाद बडालको अध्यक्षता एवम् संविधानसभा सभाध्यक्षको प्रमुख आतिथ्यमा आयोजित समारोहमा संघका अध्यक्षले “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” विषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारी आन्दोलनमा आगामि वर्ष भरिका लागि यो शीर्षकलाई नाराको रुपमा लाने बताउनुभयो ।