व्यवस्थापिका संसदको बैठक

मिति २०७२ भाद्र ४ गतेका दिन बसेको व्यवस्थापिका संसदको बैठकमा माननीय केशबप्रसाद बडालले सबै नेपाली जनतालाई संयमित हुन अनुरोध गर्दै भन्नुभयो – नेपाल अनेक जात, भाषा, धर्म रानजीतिक आस्था भएका जनताको बसोवास भएको देश हो । यो देश भौगोलिक हिसाबले पनि अत्यन्त विविधिता युक्त छ । यस बेला संविधान सभाबाट संविधान निर्माण गर्नुपर्ने भएको छ । संविधान लेखनमा सबैका सबै कुरा नपर्न सक्छ तर सबैका केहि न केहि कुरा परेको हुन्छ ।

यस्तो बेला संयमित भएर अनेकताबीचको एकताका लागि बल पुग्ने गरि भूमिका निभाउनु हरेक नेपाली नागररिकको दायित्व हुन्छ । सबै राजनीतिक दल, जनसंगठन, भाषिक तथा साँस्कृतिक संघसंस्थाहरु, जातिय तथा सामुदायीक संघसंस्थाहरु, नागरिक समाज, पत्रकार र मिडियाकर्मीहरु सबै संयमित बन्न र साम्प्रदायीक सदभाव बिग्रन नदिनको लागि हार्दिक अनुरोध र अपिल गर्दछु ।

राष्ट्रिय सहकारी संघ, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघहरु, विषयगत जिल्ला सहकारी संघहरु,प्रारम्भीक सहकारी संस्थाहरु र सबै सदस्यहरुले आ–आफ्नो स्थानबाट सबै क्षेत्रको जनताबीचको एकता र सदभाव बनाउनस्वयंसेवी भूमिका निभाउन पनि हार्दिक अनुरोध गर्दछु ।

केशवप्रसाद बडाल
संविधान सभा सदस्य तथा
अध्यक्ष, राष्ट्रिय सहकारी संघ