संसदमा राखेका बिचारहरू

२०७२ भाद्र १५ गते

  • नेपाली जनतालाई आपसमा भिडाएर जनताकै बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नदिन प्रयास भैरहेको छ ।
  • नेपालीको प्रगति, उन्नति र एकता नचाहने शक्तिहरू सलव हुदै गएका छन् ।
  • केकालागि बन्द, के का लागि नाकाबन्दी ।
  • के का लागि मनमोहन अधिकारि र गिरिजाप्रसाद कोइरालाको शालिक तोदिदैछ ।
  • के का लागि एमाले र काँग्रेसका कार्यालय आक्रमणका निशाना बनेका छन् ।
  • के का लागि अत्यावश्यक वस्तुको आयातमा नाकाबन्दी गरिएको हो ।
  • काठमाडौंलगायत नेपालका उत्तरी भेगमा नाकाबन्दी लगाउने प्रयास राष्ट्रिय हितमा हुन सक्दैन ।
  • काठमाडौंलगायत पहाडतर्फ आउने वस्तु रोकिएको छ ।
  • नालापानीमा अंग्रेजले गरेको नाकाबन्दी जस्तै गरेर कसलाई फाइदा पुग्ला ।
  • यस्तो स्थितिमा सबै माननीय सांसद, संसदमा भएका र संसद बाहिर रहेका राजनीतिक दल सबैले साम्प्रदायिक सदभावका लागि अग्रसर बनौं ।
  • आपसमा लडेर हामी कही पुग्न सक्दैनौं र केही प्राप्त गर्न पनि सक्दैनौं ।
  • सबै जात, भाषा, धर्म, संस्कृति र क्षेत्रका जनताबीचको एकता र सद्भाव बढाएर मात्र जनताका अधिकारलाई स्थापित गर्न सकिन्छ ।
  • विधि र प्रकृयाबाट संविधान निर्माण गर्न अग्रसर भएर अघि बढ्नुपर्ने बेला किन बन्चरो, खुडा, खुकुरी, लाठी लिएर कैलाली हत्याकाण्ड मच्चाइयो ।
  • पुनरूत्थानवादी शक्तिको जार कोही नबनौं ।
  • राज्यले पनि शान्तिपूर्ण समाधानका लागि संयमित भएर प्रस्तुत हुन अनुरोध गर्दछु ।
  • नेपालका ३ करोड नेपालीलाई होच्याउने र नेपालका सिमावर्ती क्षेत्रका नेपाल आमाका सन्तानको राष्ट्रिय भावनामा चोट पुग्ने काम गर्नु राम्रो होइन । नेपालीलाई जुधाएर लाभ लिन खोज्नेहरूलाई निस्तेज बनाउन सम्पूर्ण नेपाली एक हुन विनम्र अनुरोध गर्दछु ।
  • पहिलो संविधानसभाको बेला पनि जेठ २ गते संविधान बन्ने विन्दूमा पुगेपछि देशव्यापी विभिन्न नाममा विरोध भएको थियो । अहिले पनि त्यसकै पुनरावृत्तिका लागि एस.एस.पी लक्ष्मण न्यौपानेदेखि २ वर्षको बालक टेकबहादुर साउदलगायतको विभत्स हत्या र सारा सिमावर्ती क्षेत्रबाट आवत जावत बन्द गराएर राष्ट्रिय हितविपरीतका गतिविधि बढ्दै गएको छ ।
  • यो प्रकारान्तरले संविधान बन्न नदिने नियोजित सड्यन्त्रमा कोही नफसौं ।
    संविधान निर्माणमा सबै सहयोगी बनौं ।
  •  आजै विरज‌ग र कलैया गरि ४ जनाको मृत्यु भएको खबरले म अत्यन्त मर्माहत भएको छु । यस प्रकारका हिंसात्मक गतिविधि सबै पक्षबाट रोक्न अनुरोध पनि गर्दछु ।